‘कतार विश्वकप : आज अर्जेन्टिनासंग साउदीको भिडन्त – Himalayan Dainik

‘कतार विश्वकप : आज अर्जेन्टिनासंग साउदीको भिडन्त


‘कतार विश्वकप : आज अर्जेन्टिनासंग साउदीको भिडन्त

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे हुनेछ ।

अर्जेन्टिना लगातार १३ औं पटक विश्वकप खेल्दैछ । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग भने पहिलो पटक भिड्दैछ । हालसम्म अर्जेन्टिनाले एसियाली राष्ट्रसँग खेलेको सबै ४ खेल जितेको छ । सन् १९७८ र ८६ गरेर दुई पटक विश्वकप उपाधि जितेको अर्जेन्टिना यसपटक छनोटमा अपराजित रहेको थियो ।

अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेलयता अपराजित छ । अर्जेन्टिनाले साउदीविरुद्ध खेलमा अंक जोडेको अवस्थामा इटालीको ३७ खेल अपराजित रहेको कीर्तिमान बराबरी गर्नेछ । टोलीका कप्तानी लिओनेल मेस्सी पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक उपाधि जित्ने प्रयासमा छन् । उनले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन्, जुन यस विश्वकपमा सहभागी मध्यमा सर्वाधिक हो ।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमा हार नबेहोरेको ३२ वर्ष भइसकेको छ । सन् १९९० मा क्यामरुनसँग पराजित भएपछि टोलीले पहिलो खेलमा ६ जित र १ बराबरीको नतिजा निकालेको छ ।

साउदी अरबले छैटौं पटक विश्वकप खेल्दैछ । सन् १९९४ देखि २००६ सम्म लगातार खेलेको साउदी त्यसयता भने दुई संस्करणमा छनोट हुन सकेन । सन् २०१८ मा पुनरागमन गरेको टोलीले यसपटक पनि एसियाली छनोट पार गर्यो । छनोटमा साउदीले एक मात्र हार बेहोरेको थियो ।