लमजुङमा जसपाका उम्मेदवार गुरुङको निधन – Himalayan Dainik

लमजुङमा जसपाका उम्मेदवार गुरुङको निधन


लमजुङमा जसपाका उम्मेदवार गुरुङको निधन

लमजुङ – लमजुङमा जनता समाजवादी पार्टी ९जसपा० का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका९२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आउनुभएका उहाँ शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना हुनुभएको थियो । । उहाँलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनुभएका गुरुङ उच्च रक्तचाप बिरामी हुनुहुन्थ्यो । मर्स्याङ्दी गाउँपालिका–२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उहाँको शवलाई लमजुङ ल्याइएको छ ।

उहाँले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुभएको थियो । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उहाँले ५ मत प्राप्त गर्नुभएको छ ।