प्रधानमन्त्री देउवाद्वारा डडेलधुराबाट मतदान – Himalayan Dainik

प्रधानमन्त्री देउवाद्वारा डडेलधुराबाट मतदान


प्रधानमन्त्री देउवाद्वारा डडेलधुराबाट मतदान

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

आइतबार बिहान उनले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले मतदान गरेको जानकारी दिएका छन् ।

उनले शान्तिपूर्ण मतदानमा सहभागी हुन मतदातासमक्ष अनुरोध समेत गरेका छन् ।