पूर्वमन्त्री बस्नेतद्वारा मतदान – Himalayan Dainik

पूर्वमन्त्री बस्नेतद्वारा मतदान


पूर्वमन्त्री बस्नेतद्वारा मतदान

भक्तपुर – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ प्रतिनिधि सभाका उम्मेद्वार महेश बस्नेतले मतदान गर्नुभएको छ ।

आज विहान ९स् ५५ बजे नेता बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । भक्तपुर क्षेत्र नं। २ बाट २०७४ सालमा दोब्बर मतका साथ उहाँ विजयी हुनुभएको थियो । उहाँले कांग्रेसका नेता दमननाथ ढंगानालाई १८ हजारको बदलामा ३६ हजार मत ल्याई विजयी हुनुभएको थियो ।

भक्तपुरमा आजको भएको निर्वाचनमा भने एमालेको विरूद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र जनमोर्चा सहितको पाँच दलीय गठबन्धन रहेको छ । पाँच दलीय गठबन्धन भएता पनि भक्तपुरमा भने लोसपा र जनमोर्चाको प्रभाव न्यून रहेको छ । आफुले भक्तपुरमा गरेको विकास र समृद्धिले गर्दा जनताको प्रिय बन्नुभएका नेता बस्नेतले गठबन्धनलाई यो पटक तेव्बर मतले हराउने उद्घोष गर्नुभएको छ । भक्तपुरलाई विकासको एेतिहासिक नयाँ युगमा नेता बस्नेतको नेतृत्वमा भएकाले भक्तपुर क्षेत्र नं। २ का जनताले सूर्य चिन्हमा मतदान गर्नेमा उहाँले विस्वास ब्यक्त गर्नुभयो ।

उता स्थानीय जनता पनि महेश बस्नेतको विकल्पमा गठबन्धनका उम्मेद्वार तुलना गर्न नसकिने भन्दै हाम्रोलाई भन्दा पनि राम्रोलाई मतदान गरि भक्तपुरलाई नोलकै नमुना जिल्ला बनाउन पुनस् बस्नेतलाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् । भोट रूख हेरेर नभई जिल्लाको विकास गर्ने बस्नेतको मुख हेरेर मतदान गर्ने जनताको भनाई रहेको छ ।