यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक – Himalayan Dainik

यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक


यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं –  यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगिताको उद्धघाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।​ मंसिर ७ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाउने छन्।

प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।