रिसको झोँकमा हतौडाले हानेर श्रीमतीको हत्या – Himalayan Dainik

रिसको झोँकमा हतौडाले हानेर श्रीमतीको हत्या


रिसको झोँकमा हतौडाले हानेर श्रीमतीको हत्या

काठमाडौँ – दाङको बबई गाउँपालिका वडा नं १ क्युरेनीका लालबहादुर बोटेले आफ्नै श्रीमतीलाई हतौडाले हानेर हत्या गरेका छन् ।

क्युरेनी निबासी ४० वर्षका श्रीमान लालबहादुर बोटेले श्रीमती ३४ वर्षकी खुमी बोटेलाई सुतेको समयमा हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतिको हत्या गर्ने श्रीमानलाई स्थानीयले नियन्त्रणमा राखेर प्रहरीलाई बोलाएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीको नेतृत्वमा प्रहरी टोली पुगेर शव पोष्टमार्टमाका लागि जिल्लातर्फ ल्याउँदै गरेको उनले बताए ।

हत्यामा संलग्न भएका लालबहादुर बोटेलाई स्थानीयले थुनेर राखेका थिए प्रहरीले उनलाई पनि लिएर आएको जनाएको छ । प्रहरी निरीक्षक बिसीले लालबहादुरले रिसको झोँकमा हतौडाले हानेको स्वीकार गरेको र शव पोष्टमार्टमा लागि लैजान थालेको बताए ।

उनीहरुका बच्चाबच्ची मावली गएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।