उच्च पहाडी र हिमाली जिल्लाको यात्रा गर्दा ध्यान दिन मौसमविद्को सुझाव – Himalayan Dainik

उच्च पहाडी र हिमाली जिल्लाको यात्रा गर्दा ध्यान दिन मौसमविद्को सुझाव


उच्च पहाडी र हिमाली जिल्लाको यात्रा गर्दा ध्यान दिन मौसमविद्को सुझाव

काठमाण्डौ – हिमाली र उच्च पहाडी जिल्ला हिमपात भइरहेकाले त्यस क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्वातारोहण वा पदयात्रासँगै अहिले चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद् मञ्जु बासीको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अनिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।