पाँच वर्षपछि चुनाव क्षेत्रमा मुख देखाएर पार्टीको रसिदका आधारमा जनताले मत दिँदैनन्ः डा.चन्द्र भण्डारी – Himalayan Dainik

पाँच वर्षपछि चुनाव क्षेत्रमा मुख देखाएर पार्टीको रसिदका आधारमा जनताले मत दिँदैनन्ः डा.चन्द्र भण्डारी


पाँच वर्षपछि चुनाव क्षेत्रमा मुख देखाएर पार्टीको रसिदका आधारमा जनताले मत दिँदैनन्ः डा.चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मेली जनताले आफूलाई जिताएर संसदमा पठाउने दाबी गरेका छन् ।

‘युवा, तरुण, दिदीबहिनीहरुले गुल्मीलाई समृद्ध बनाउने र राष्ट्रको मुद्दा उठाउने चन्द्र भण्डारी नै हो भनेर प्रेम र सद्भाव व्यक्त गरिरहनुभएको छ । २०७४ मा पनि मलाई धेरै तरिकाले जिताउनुभएकै हो । बुथ कब्जा गरेर विपक्षीले जिते । अब जनता भाषणमा होइन काम हेरेर भोट दिने पक्षमा छन् । पाँच वर्षपछि चुनाव क्षेत्रमा मुख देखाएर पार्टीको रसिदका आधारमा जनताले मत दिन्छन् भन्ने सोचेको भए त्यो गलत हुन्छ,’  डा. भण्डारीले भने ।

गुल्मेली युवाहरुको अभिमत आफ्नो पक्षमा रहेको पनि उनको जिकिर छ । डा. भण्डारीले भने, ‘अहिले युवाको सोच र दृष्टिकोण बदलिएको छ । ग्लोबल भिलेजमा नेपाल कहाँ उभिनुपर्छ, वीर नेपालीका छोराछोरीले यति सुन्दर देश छाडेर अरबमा बोरा बोक्न कहिलेसम्म जानुपर्ने हो रु युवाहरुको यही चिन्ता र चासो मैले बोकेको छु । विगत पाँच वर्षमा म संसदमा नहुँदा थुपैै्र विकास योजना अलपत्र परेका छन्, तिनलाई म अब पूरा गर्छु ।’ उनले गुल्मीमा जति गठबन्धन बलियो कहीं नभएको र कांग्रेसभित्र पनि कुनै मनमुटाव नरहेको बताए ।