चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह – Himalayan Dainik

चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह


चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डौ- प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैको दायित्व उत्तिकै हुने बताएका छन ।

उनले आज एक भिडियो सन्देश निकाल्दै चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गरे ।

अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उनले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गरेका छन ।