रौतहट–३ मा झडप, ३ राउण्ड हवाइ फायर, अश्रुग्यास प्रहार – Himalayan Dainik

रौतहट–३ मा झडप, ३ राउण्ड हवाइ फायर, अश्रुग्यास प्रहार


रौतहट–३ मा झडप, ३ राउण्ड हवाइ फायर, अश्रुग्यास प्रहार

काठमाडौँ – रौतहटमा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप भएको छ। जिल्लाको क्षेत्र नं–३ मा पर्ने कटहरियामा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप भएको हो।

बुधबार राति करिब साढे ९ को समयमा कटहरिया नगरपालिकाको वडा नं– ५ कटहरिया बजार स्थित शान्ति पेट्रोल पम्प अगाडि मुख्य सडकमा रौतहट क्षेत्र नं–३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच वाद विवाद भइ दुवै पक्षका कार्यकर्ता जम्मा हुन थालेर भिडन्तको अवस्था उत्पन्न भएपछि नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुवै पक्षका समर्थकहरु रक्सी खाएर एक अर्काको उम्मेदवारलाइ अशभ्य भाषा प्रयोग गर्न थालेपछि विवाद शुरु भएको थियो। विवाद भएपछि दुवै पक्षका कार्यकर्ता झै—झगडा र भिडन्त गर्ने मनसायले जम्मा हुन थालेको र प्रहरीले भिडन्त हुन नदिन समझाइ बुझाइ गरे पनि दुबै पक्षका कार्यकर्ता आक्रोशित हुँदै गएको र अचानक ढुंगा र शिशाका टुक्राले हान्न थालेपछि थप भिडन्त र झडप हुन नदिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

यस विषयमा दुवै पक्षले एक अर्कालाई चुनावमा पैसा र रक्सी बाँडेको आरोप लगाइरहेका छन्। झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएको कटहरिया प्रहरी चौकीले जनाएका छन्।