उपत्यकामा आज रातिदेखि मदिरा बिक्री–वितरणमा रोक – Himalayan Dainik

उपत्यकामा आज रातिदेखि मदिरा बिक्री–वितरणमा रोक


उपत्यकामा आज रातिदेखि मदिरा बिक्री–वितरणमा रोक

काठमाडौँ – उपत्यकाका तीन जिल्लामा बिहीबार मध्यरातिदेखि मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठकले ४ कात्तिकमा निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो ।

निर्वाचन सुरक्षालाई लक्षित गरी बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । साथै, मतगणना सम्पन्न नभएसम्मका लागि मतगणनास्थलआसपास मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ । कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।