प्रचण्डको दाबी- प्रतिगमनकारी सहजै पराजित हुन्छन् – Himalayan Dainik

प्रचण्डको दाबी- प्रतिगमनकारी सहजै पराजित हुन्छन्


प्रचण्डको दाबी- प्रतिगमनकारी सहजै पराजित हुन्छन्

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशभरि अग्रमनकारी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा माहौल सृजना भएकोले प्रतिगमनकारी शक्ति सहजै पराजित हुने दाबी गरेका छन्।

बुधबार मोरङको ६(१) नम्बर निर्वाचन क्षेत्रको सुन्दरहरैंचा नगरपालिका ७ स्थित गछियामा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त्त रुपमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

उनले देशमा संविधानको रक्षा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन प्रतिगमनकारी शक्त्तिहरुलाई जसरी पनि हराउनै पर्ने जिकिर गरे। उनले सभा आएका मतदातासँग गठबन्धनका उम्मेदवारलाई मत दिन अनुरोध गरे।

उनले भने, ‘गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि भोट हाल्नैपर्छ। नत्र देश भयंकर संकटमा पर्नेछ र हामीले फेरि प्रतिगमनको विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आउने छ।’

उनले एमालेलगायतका प्रतिगमनकारी शक्तिलाई परास्त नगरी देशमा र संविधानको रक्षा जहुने बताए। प्रचण्डले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दाबी गरे।

वाम लोकतान्त्रिक गठबन्धन चुनावका लागि मात्र नभएर देशको रक्षाका लागि धेरैपछिसम्म कायम रहने उनको भनाइ थियो।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा शान्ति प्रक्रिया निष्कर्षमा पुरयाउन मोरङ ६ (१) वाट प्रतिनिधि सभामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाको महत्वपूर्ण योगदान बताए। उनले भने, ‘शेखरजी लगायतले स्वर्गीय गिरिजाबाबुको दाहिने हात भएर सहयोग नगरेको भए शान्ति प्रकृया अहिलेको अवस्थामा आइपुग्ने थिएन।’

प्रचण्डले प्रदेशसभाका उम्मेदवार जीवन आचार्य सक्रिय र विकासप्रेमी युवा भएकोले उनलाई पनि आफ्नो मत दिएर विजयी बनाउन आग्रह गरे।

प्रचण्डले गठबन्धनले जितेमा सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तुरुन्तै सञ्चालन गराउने , गछिया खोलामा दिगो तटबन्ध निर्माण गर्नेदेखि वर्षौँदेखि थाँती रहेको सुकुम्बासी समस्या समाधान हरने प्रतिबद्धता व्यक्त गरे।

सोही आमसभामा कांग्रेसका नेता डा। प्रकाशशरण मतले एमाले अध्यक्ष केपी ओलीले दुईदुई पटक संसद विघटन गरेर लोकतन्त्रविरोधी काम गरेकोले अब लोकतन्त्रको रक्षाका लागि भन्दै जनतासँग मत माग्ने अधिकार नभएको बताए।
‘फुटेर हैन जुटेर मात्र देश बन्छ। यसैले देशमा समृद्धि ल्याउनका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको हो।’

उनले एमाले अध्यक्ष ओलीलाई कुरा मात्रै गर्ने तर काम नगर्ने नेता भएको आराप लगाए। उनले गठबन्धनले जितेमा ५ वर्षभित्र ६५ वर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकहरुलाई वृद्ध भत्ताको व्यवस्था हुने बताए।