भोलि मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने, के हो स्थिर समय ? – Himalayan Dainik

भोलि मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने, के हो स्थिर समय ?


भोलि मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने, के हो स्थिर समय ?

काठमाडौँ – राजनितिक दल र उम्मेदवारले भोलि मध्यरातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाउने भएका छन् । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

‘मंसिर १ गते रातिबाट सबै काम निषेध हुन्छ, केही गर्न पाइँदैन,’ आयुक्त रामप्रसाद भण्डारीले भने । आयोगले दल र उम्मेदवारलाई प्रचार प्रसारको लागि १७ दिन दिएको थियो ।

अघिल्ला चुनावमा मतदानको ४८ घण्टाअघिको समयलाई मौन अवधि भनिएको थियो । तर यसपटक मौन अवधिलाई आयोगले हटाएको छ । ‘मौन अवधि भन्ने कानुनमा परेको रहेनछ । कहिले शून्य समय भन्यौं । यसलाई स्थिर समय भन्न उचित हुन्छ,’ भण्डारीले भने ।

स्थिर समयमा आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै आयोगले स्थानीय प्रशासनलाई सुक्ष्म निगरानी गर्न भनेको छ ।