चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड – Himalayan Dainik

चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड


चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

काठमाडौँ- चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

बुधबार बिहान ११ बजेतिर चुनावी प्रचारप्रसारका क्रममा भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेजनजिक रोकिराखेको बा ३ च २०५० नम्बरको प्राडो कारमा तोडफोड भएको हो ।

मोटसाइकलमा आएका ६ जना युवाको समूहले गाडी तोडफोड गरेको श्रेष्ठका सचिवालयका सदस्य रतन कार्कीले बताए ।युवाको समूहले गाडीको सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।