भक्तपुर आगलागी अपडेट :मृतकको शव पोष्टमार्टमका लागि पठाइयो, दुई घाइते – Himalayan Dainik

भक्तपुर आगलागी अपडेट :मृतकको शव पोष्टमार्टमका लागि पठाइयो, दुई घाइते


भक्तपुर आगलागी अपडेट :मृतकको शव पोष्टमार्टमका लागि पठाइयो, दुई घाइते

काठमाडौं – भक्तपुरको मध्यपुर थिमी–६ राइटोलमा भीषण आगलागी हुँदा १ जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार थिमीको राईटोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा पुरानोमा आगलागी हुँदा २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भएको छ। घटनामा १४ नित्मा खत्री र बालसेवा आधारभुत विद्यालयमा कार्यालयमा सहयोगी रहेकी ६८ वर्षीय तिलककुमारी सिलवाल घाइते भएको पाण्डेले जानकारी दिए।

खत्रीको अवस्था खतरामुक्त रहेको र सिलवाल उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।​ स्थानीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको बताएका छन्।

भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको थिमी नगरपालिकाकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए।

इँटाले बनेको पुरानो शैलीको घर आगलागीबाट लगभग पुरै जलेको छ। आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको र मृतक खत्रीको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल भक्तपुर पठाइएको छ।