नबिल बैंकको कोहलपुर शाखामा आगलागी,क्षतिको विवरण आउन बाँकी – Himalayan Dainik

नबिल बैंकको कोहलपुर शाखामा आगलागी,क्षतिको विवरण आउन बाँकी


नबिल बैंकको कोहलपुर शाखामा आगलागी,क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।