रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी – Himalayan Dainik

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी


रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।