रसुवामा नागरिकता एवम् राहदानी वितरण स्थगित – Himalayan Dainik

रसुवामा नागरिकता एवम् राहदानी वितरण स्थगित


रसुवामा नागरिकता एवम् राहदानी वितरण स्थगित

काठमाडौँ – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगित गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आसन्न चुनावमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको छ ।

प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवम् नवीकरणलगायतका सबै सेवा आजदेखि आउँदो मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ।