काठमाडौँ – सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।
मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गरेर मंगलबार सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् ।