भक्तपुरमा ट्याङ्कर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु – Himalayan Dainik

भक्तपुरमा ट्याङ्कर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु


भक्तपुरमा ट्याङ्कर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गए राति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर र बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमी बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।