कांग्रेस प्रवक्ता भन्छन् : गठबन्धनले चुनाव जित्छ, सरकार बनाउँछौं – Himalayan Dainik

कांग्रेस प्रवक्ता भन्छन् : गठबन्धनले चुनाव जित्छ, सरकार बनाउँछौं


कांग्रेस प्रवक्ता भन्छन् : गठबन्धनले चुनाव जित्छ, सरकार बनाउँछौं

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा। महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।