जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभरोभलाई अस्पताल लगियो – Himalayan Dainik

जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभरोभलाई अस्पताल लगियो


जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभरोभलाई अस्पताल लगियो

एजेन्सी – जी–२० सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई अस्पताल लगिएको छ । आज सोमवार उहाँलाई अस्पताल लगिएको इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले लेखेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्व गर्दै लाभरोभ हिजो आइतवार बाली पुग्नुभएको थियो । यसबारेमा इन्डोनेसियाका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका खबरमा उल्लेख छ ।