समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ – Himalayan Dainik

समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ


समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पुरा गर्ने बताए ।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे। सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउँदै उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्का भएको बताए । काठमाडौं–८ मा आफूले सुरू गरेका कयौं परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले बताए । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।