यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य – Himalayan Dainik

यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य


यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाण्डौ – एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाइ २ सय ६३ रन बनाएको हो । यूएईका मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडे ।

वासिमले ४१ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । आजको खेलमा नेपालले अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिएको छ ।

रोहितको कप्तानीमा एक दिवसीय अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । नेपाल क्रिकेट सङ्घले चार दिनअघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । यूएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय बुधवार तथा तेस्रो खेल शनिवार हुनेछ ।