आइओएमले परीक्षा शुल्क नघटाएको विरोधमा विद्यार्थीहरूको प्रदर्शन – Himalayan Dainik

आइओएमले परीक्षा शुल्क नघटाएको विरोधमा विद्यार्थीहरूको प्रदर्शन


आइओएमले परीक्षा शुल्क नघटाएको विरोधमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौँ – चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको परीक्षा शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । आइओएममा भेला भएका विद्यार्थीहरूले परीक्षा शुल्क घटाउन माग गर्दै नाराबाजी गरिरहेका छन् । अस्वाभाविक रूपमा बढाइएको परीक्षा शुल्क नघटाइए थप आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

यसअघि चिकित्सा शिक्षा स्नातक तहमा नियमित र आंशिक दुवै खाले विद्यार्थीले २५ सय तिरे परीक्षा दिन पाउँथे । गत वर्षदेखि अनुत्तिर्ण विद्यार्थीले पुनः परीक्षाका लागि प्रतिविषय ३ हजार तिर्नुपर्ने सूचना आईओएमले निकालेको थियो । परीक्षा फर्म भर्न २५ सय र प्रतिविषय ३ हजारका दरले ९ हजारसम्म लिनेगरी निर्णय भएदेखि नै विद्यार्थीहरूले विरोध गर्दै आएका छन् । यसो हुँदा ३ विषय लागेका विद्यार्थीले ११ हजार नतिरी पुनः परीक्षा दिन पाउँदैनन् ।

नियमिततर्फ भने २५ सय रुपैयाँ तिरेर विद्यार्थीले परीक्षा दिन पाउँछन् ।