टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै – Himalayan Dainik

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै


टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

काठमाडौं – अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।

फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् ।

यस पटक जो च्याम्पियन बनेपछि दुई पटक टी-२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ ।

अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।

फाइनलअघि पाकिस्तान र इंग्ल्याण्डका मुख्य खेलाडी लयमा फर्कुन दुवै टोलीका लागि सुखद छ । पाकिस्तान र इंग्लयाण्डका दुवै ओपनरले सेमिफाइनलमा अर्धशतक प्रहार गरे ।

पाकिस्तानको अलराउण्डर शदाब खानको प्रदर्शन मद्तवपूर्ण हुनेछ भने फकर जमन घाइते भएपछि टिममा समावेश युवा ब्याटर मोहम्मद ह्यारिसले पछिल्ला तीन खेलमा आक्रमक ब्याटिङ गर्दै आएका छन् ।

शाहिन शाह अफ्रिदीको नेतृत्वमा रहेको हरिस राउफ, नसिम शाह र मोहम्मद वासिमको पेस बलिङ अट्याक विपक्षीका लागि घातक बन्न सक्छ ।

उता इंग्ल्याण्डका लागि टप अर्डरका बलटर र हेल्ससहित अलराउण्ड स्टोक्स लयमा छन् । साम करन, क्रिस वोक्स र मार्क उड पेस बलिङमा छन् भने स्पीनमा आदिल रसिदलाई मोइन अली र लिया लिभङस्टोनले सघाउने छन् ।

सेमिफाइनलमा पहिलो खेल खेलेका ब्याटर फिल साल्टले ब्याटिङ गर्न पाएका छैनन् । फाइनलमा डेविड मालान र फिल साल्ट मध्ये एक खेल्नेछन् ।