भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो – Himalayan Dainik

भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो


भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – भक्तपुरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।भक्तपुर नगरपालिका वडा नम्बर–१ ईवामुरा अस्पताल नजिकै बा ७ च ०८१५ नम्बरको कारले बाग्मती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर–१ का २३ वर्षका सन्दीप बस्नेतको उपचारका क्रममा ज्यान गएको हो ।

उनको ईवामुरा अस्पताल भक्तपुरमा ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक आयूष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ ।