भत्तपुर क्षेत्र नं.२ को घरदैलो कार्यत्रममा विजयी उत्सव भन्दा कम देखिएन – Himalayan Dainik

भत्तपुर क्षेत्र नं.२ को घरदैलो कार्यत्रममा विजयी उत्सव भन्दा कम देखिएन


भत्तपुर क्षेत्र नं.२ को घरदैलो कार्यत्रममा विजयी उत्सव भन्दा कम देखिएन

भक्तपुर – दिन प्रतिदिन आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको माहोल तातिरहेको समयमा भक्तपुर क्षेत्र नं. २ को माहोल एका एक नेकपा एमालेको पक्षमा जनलहर उलिएको छ । एमालेका उम्मेदवारलाई जिताउन भक्तपुर क्षेत्र नं. २ का जनता स्वतस्फुर्त रुपमा घरदैलो तथा सडकमा आएका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेद्वारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइसक्यो, घोषणा गर्नलाई मात्र निर्वाचन पर्खनु परेको छ ।


एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभाको उम्मेदवार पार्टीको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई उठाएको छ भने प्रदेश सभा ‘क’ सूर्यविनायक क्षेत्रको लागि किरण थापा र ‘ख’ मध्यपुर क्षेत्रको लागि चन्दनकृष्ण श्रेष्ठलाई शसक्त रुपमा उम्मेदवार उभ्याएको छ । भक्तपुरको विकासमा कायापलट ल्याउन नेतृत्व गर्नुभएका बस्नेत, थापा र श्रेष्ठको पक्षमा अत्याधिक जनलहर आएको छ । दैनिक रुपमा गरिएको घरदैलो कार्यक्रममा जनताको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ भने विपक्षी गठबन्धन दलको कार्यक्रम सुस्ताउँदै गएको छ । गठबन्धन दलको कार्यक्रममा कार्यकर्ता तथा जनताको सहभागिता निरासापूर्ण रहेको छ ।


एमाले प्रचार प्रसार कमिटीले आज सूर्यविनायक नगरपालिका वडा नं. ९ र मध्यपुर थिमी नगरपालिका वडा नं. ९ मा घरदैलो कार्यक्रम आयोजना गरेको थियो । सयौंको संख्यामा जनताको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा जनताले एमालेको उम्मेदवारहरु विजयी भइसकेको झल्को दिएका छन् । भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवारलाई आफुहरु विजयको माला लगाई दिन तयार अवस्थामा रहेको बताउँदै ‘मंसिर ४ एमालेको सरकार’ भन्ने अभियानले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए । अहिले नै एमाले भक्तपुरका जनताको प्यारो पार्टीको रुपमा रहेको उल्लेख गर्दै अब मंसिर ४ को निर्वाचनमा एमालेलाई रोक्ने हिम्मत कसैसँग नभएको बताए । गठबन्धका उम्मेद्वारलाई हराउन जनता आतुर रहेको उल्लेख गर्दै भक्तपुर क्षेत्र नं। २ एमालेको लालकिल्ला बनाउने उद्घोष समेत जनताले गरेका छन् । र्यालीमा सहभागि जनता तथा कार्यकर्ताले क्षेत्र नं। २ मा ‘एमाले त आयो–आयो’ भन्दै एमालेको पक्षमा विभिन्न प्रकारका नाराहरु लगाउँदै घर घरमा पुगेका थिए ।

एमाले उम्मेद्वारलाई स्थानीयवासीले घर घरमा माला, खादा तथा अविर लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा वृद्धवृद्धा, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा एमलो उम्मेदवारलाई स्वागत गर्न गठबन्धन दलका कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । एमालेका विकासप्रेमी नेतालाई विजय नगराउनु भक्तपुरकै लागि दुर्भाग्य हुने भएकाले एमालेका उम्मेदवारको पक्षमा मतदान गर्ने प्रतिवद्धता समेत अन्य पार्टीका कार्यकर्ताले उल्लेख गरे ।

घरदैलो कार्यक्रममा जनताको उत्साहले गर्दा एमालेका उम्मेद्वारहरु विजयी भइसकेको जस्तै देखिन्थ्यिो । र्यालीमा जनताले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य, बागमती प्रदेशका सदस्य शशी जंग थापा, मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द प्रसाद दुलाल, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।