रवीन्द्र मिश्र भन्छन ,नेकपा माओवादी केन्द्र पेण्डुलम पार्टी हो – Himalayan Dainik

रवीन्द्र मिश्र भन्छन ,नेकपा माओवादी केन्द्र पेण्डुलम पार्टी हो


रवीन्द्र मिश्र भन्छन ,नेकपा माओवादी केन्द्र पेण्डुलम पार्टी हो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्र पेण्डुलम पार्टी भएको बताएका छन् ।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताए ।

उनले नेकपा माओवादी केन्द्र अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए ।

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको बताए ।

उनले देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए ।