चन्द्रागिरि हिल्सले कमायो १ करोड ३१ लाख नाफा – Himalayan Dainik

चन्द्रागिरि हिल्सले कमायो १ करोड ३१ लाख नाफा


चन्द्रागिरि हिल्सले कमायो १ करोड ३१ लाख नाफा

काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले तीन महिनामा एक करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।

चन्द्रागिरि हिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि असोज मसान्तसम्ममा तीन महिनामा १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।

यसले असोज मसान्तसम्म १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ ।जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।