प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट – Himalayan Dainik

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट


प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् । बिहीबार आयोगको कान्तिपथस्थित कार्यालयमा प्रमुख आयुक्त थपलियासँग राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विषयमा छलफल भएको आयोगले जनाएको छ ।