रियलमीले सार्वजनिक गर्‍यो रियलमी सी३० – Himalayan Dainik

रियलमीले सार्वजनिक गर्‍यो रियलमी सी३०


रियलमीले सार्वजनिक गर्‍यो रियलमी सी३०

रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी सी३०एस सार्वजनिक गरेको छ । इन्डस्ट्री लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी३०एसमा सुरक्षा र गतिको उत्तम संयोजन रहेको कम्पनीले जनाइएको छ ।

५०००एमएच ब्याट्री क्षमता र एन्टी–स्लिप डिजाइन भएको रियलमी सी३०एसले प्रयोगकर्तालाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरूका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ ।’

रियलमी सी३०एसको मुख्य विशेषता भनेको साइड–फिंगरप्रिन्ट सेन्सर हो । साथै, ८mm८१.६mm क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ ।

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लिक ८.५ mm बडी भएको यो रियलमी सी३०एसको तौल केवल १८२ ग्राम रहेको छ । यो स्मार्टफोनमा ६।५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रियलमी सी३०एसमा स्क्रिन–टु–बडी रेसियो ८८.७ प्रतिशत रहेको छ । कम्पनीका अनुसार सी३०एस युनिसक अक्टा–कोर प्रोसेसरद्वारा संचालित छ ।

यस स्मार्टफोनमा ८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । रियलमी सी३०एस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु। १३ हजार ४९९ रुपैयाँ र १५ हजार ९९९ रहेको छ ।