निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका नेता पक्राउ – Himalayan Dainik

निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका नेता पक्राउ


निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका नेता पक्राउ

काठमाडौँ – बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् ।

धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए ।

नेकपा बहुमत विप्लव नेतृत्वको नेकपा विभाजन भएर बनेको हो । यी दुई पार्टीसहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।