धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या – Himalayan Dainik

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या


धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

काठमाडौँ – धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ गैरीगाउँकाका ६२ वर्षीय भगीश्वर लिम्बुको हत्या भएको छ ।

प्रहरीका अनुसार ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान भगीश्वरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । बिहान उठेर घरमा बसिरहेका बेला तेजबहादुरले पछाडिबाट धारिलो हतियारले आक्रमण गरेको प्रहरीले बताएको छ । आक्रमण पछि स्थानीयवासी भगीश्वरको उद्धारका लागि पुगेका थिए तर त्यसबेला उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले ओरोपित तेजबहादुरलाई नियन्त्रणमा लिएको छ । नाताले भगिश्वर तेजबहादुरको काका हुन् । प्रहरीका अनुसार तेजबहादुरको मानसिक सन्तुलन ठीक छैन ।