एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? – Himalayan Dainik

एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।