भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन – Himalayan Dainik

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन


भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित डोटीलगायतमा उद्धार तथा राहतका काममा खटिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले घाइतेको उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्र भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो।

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

‘ भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो।

६ जना घाइते छन्। घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

८ वटा घर पूर्ण रूपमा भत्केको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।