सांगितिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका गायक प्रकाश दुतराजले गरे आत्माहत्याको प्रयास – Himalayan Dainik

सांगितिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका गायक प्रकाश दुतराजले गरे आत्माहत्याको प्रयास


सांगितिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका गायक प्रकाश दुतराजले गरे आत्माहत्याको प्रयास

काठमाडौँ  – सांगितिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका गायक  प्रकाश दुतराजले आत्माहत्याको प्रयास गरेका छन । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ ।

गायिका भुमिका गिरि सहित उनी कन्सर्टको लागि अष्ट्रेलियामा छन् । दुतराजले सलको पासो लगाएर आत्मा हत्याको प्रयास गरेका थिए । सोही क्रममा कोठाबाट आवाज आएपछि गायिका गिरिले दुतराजको उद्धार गरेको एक स्रोतले बताएको छ ।

उक्त घटना आइतबार मध्यरातमा भएको हो भन्ने बुझिएको छ । दुतराजले के कति कारणले आत्माहत्याको प्रयास गरेका हुन त्यो भने अझै खुल्न सकेको छैन ।

गायक दुतराजको ‘देउरालीमा’   गित अहिले बजारमा छ । गित हिट भएको छ । दुतराजका यस भन्दा अघि बजारमा आएका बैनि झयालैमा , घर कता हो बैनिको , मन भुल्छ , जाम भो माइली , चोलि मैलै भो गित चर्चाको शिखरमा छन ।