रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या – Himalayan Dainik

रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या


रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या

काठमाडौँ –  रोल्पामा घरायसी विवादमा छोराले बुबाको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् ।

आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए ।

काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएको थियो । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।