मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो – Himalayan Dainik

मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो


मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

काठमाडौँ – मकवानपुरको मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।