सीताको स्वास्थ्य गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिँदै – Himalayan Dainik

सीताको स्वास्थ्य गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिँदै


सीताको स्वास्थ्य गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य अवस्था फेरि जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रचण्ड सचिवालय स्रोतका अनुसार अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो ।

उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित छन् । यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

पछिल्लो ६ महिनादेखि सीतालाई डाक्टरको निगरानीमा राखिएको छ । स्वास्थ्यमा कहिले अलि सुधार हुने त कहिले फेरि बल्झिने क्रम निरन्तर भएकाले ६ महिनादेखि अस्पताल लग्ने क्रम जारी रहेको सचिवालय सदस्यले बताए ।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।