उम्मेदवारका सवारी साधन नियन्त्रणमा – Himalayan Dainik

उम्मेदवारका सवारी साधन नियन्त्रणमा


उम्मेदवारका सवारी साधन नियन्त्रणमा

काठमाडौँ –  आमनिर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै प्रहरीले उम्मेदवारहरुको सवारीसाधन नियन्त्रणमा लिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३(क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(ख)का उम्मेदवार दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३(क)  का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिब एक दर्जन सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचारसंहिताविपरीत सवारीसाधनमा ठूला–ठूला ब्यानर झुण्ड्याएको, अत्याधिक ध्वनि प्रदूषण हुने गरी डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधि गरेकाले नगरभित्रका विभिन्न चोकबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

सो विषय’दयगत थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटना’दयगत अनुसन्धान सुरु भएको बताए ।

निर्वाचन आयोगले यसअघि कार्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । महतोले आफ्नो तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।