गौशालामा गेष्ट हाउसको छतमाथि बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु – Himalayan Dainik

गौशालामा गेष्ट हाउसको छतमाथि बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु


गौशालामा गेष्ट हाउसको छतमाथि बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौँ –   काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् ।

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।