बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो: अध्यक्ष लिङ्देन – Himalayan Dainik

बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो: अध्यक्ष लिङ्देन


बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो: अध्यक्ष लिङ्देन

नवलपरासी – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गर्नुभएको छ ।

राप्रपा नवलपुरले डन्डामा आयोजना गरेको चुनावीसभामा उहाँले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गर्नुभयो । “देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस(माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उहाँको जिकीर थियो । “कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन् ।”