उदयपुरमा थपियो जनसंख्या – Himalayan Dainik

उदयपुरमा थपियो जनसंख्या


उदयपुरमा थपियो जनसंख्या

काठमाडौँ – केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार उदयपुरमा २५ हजार ५३२ जनसंख्या थपिएको छ । जस अनुसार १० वर्षको अवधिमा उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ७७३ पुगेको प्रारम्भिक नतिजाले देखाएको छ ।

यो १० वर्ष अगाडि २०६८ मा ३ लाख १७ हजार ५३२ जनसंख्या रहेकोमा ०.३ प्रतिशत अर्थात २५ हजार ५३२ जनसंख्या वृद्धि भएको जिल्ला तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिए । उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार पुरुष १ लाख ६५ हजार ३४ जना र महिला १ लाख ७७ हजार ७३९ जना रहेको छ । पुरुषको तुलनामा महिला ७.१५ प्रतिशत अर्थात १२ हजार ७०५ जना बढी हो । प्रारम्भिक नतिजामा लैङ्गिक अनुपातमा ९२.८५ प्रतिशत रहेको छ ।

उदयपुरका आठ वटै पालिकाका ७५ हजार ९३७ घरको जनसंख्या समावेश भएको छ भने ८१ हजार ८०२ परिवारको तथ्यांक लिइएको तथ्यांक प्रमुख महतोले जानकारी दिए । संघ र प्रदेश चुनावको कारणले केन्द्रीय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गरेको छैन ।