हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ – Himalayan Dainik

हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ


हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौँ – काठमाडौँको विशालबजारस्थित अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेसनलबाट ३१ लाख ८१ हजार ३८६ रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएको आरोपमा नयाँदिल्ली घर भइ ठमेल बस्दै आएका ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भइ नक्साल बस्दै आएका ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भइ ताहाचल बस्दै आएका ५५ वर्षीय किशन गोपाललाई बुधबार पक्राउ गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत हुण्डी कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
संस्थाको नाममा काटिएको चेकसहित पक्राउ तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाहीका लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ ।