तीन वटा कम्युनिष्ट पार्टीद्धारा चुनाबविरूद्ध आन्दोलन घोषणा – Himalayan Dainik

तीन वटा कम्युनिष्ट पार्टीद्धारा चुनाबविरूद्ध आन्दोलन घोषणा


तीन वटा कम्युनिष्ट पार्टीद्धारा चुनाबविरूद्ध आन्दोलन घोषणा

काठमाण्डौ – तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाब बहिष्कार गर्दै खारेजीको माग गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएको हो । तीन कम्युनिष्ट पार्टीहरुको हिजो बसेको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विलप्व, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुतिले जारी गरेको संयुक्त विज्ञप्तिमा दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय गरेको उल्लेख छ ।

विप्लव नेकपाको हालै सम्पन्न महाधिवेशनले चुनाव खारेजी अभियान चलाउने निर्णय गरेको थियो ।