अस्ट्रेलियामा चुनावी सरगर्मी – Himalayan Dainik

अस्ट्रेलियामा चुनावी सरगर्मी


अस्ट्रेलियामा चुनावी सरगर्मी

काठमाडौँ –  नेपाल मन्थन मञ्च,अस्ट्रेलियाले आगामी मंसीर ४ गते नेपालमा हुन गइरहेको संघ र प्रदेश सभाको निर्वाचन लक्षित अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म विभिन्न समयमा पटक गरी विभिन्न विद्युतीय माध्यमबाट अन्तक्र्रिया सम्पन्न भएको थियो । यस कार्यक्रमको विद्युतीय संवाद संयोजन हाल अस्ट्रेलिया भ्रमणमा रहनु भएका मानव अधिकार एलाइन्स,मोरङका अध्यक्ष नारायण प्रसाद घिमिरे र बुद्धिजीवी हेम अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, न्युजिल्याण्ड, अस्ट्रेलिया आदि देशका विभिन्न प्रान्त र पेसा व्यवसायका नेपालीहरु सहभागी हुनुहुन्थ्यो । नेपालमा हुन गइरहेको निर्वाचनमा एमालेको नेतृत्वमा भएको चुनावी तलमेल पक्षधरहरुलाई विजय गराउन सकेको योगदान गर्ने विषयमा छलफल भएको थियो । प्रा।डा।बद्रीविशाल पोखरेलले प्रवासमा रहनु भई यस कार्यक्रममा सहभागी हुनु भएका सबैको राय अनुसार तयार पारिएको नेपाल निर्वाचन निष्कर्ष वाचन गर्नु भयो र यसमा सबै सहमत भई सक्रिय रहने प्रण गर्नु भएको थियो । भेलाले पारित गरेको निष्कर्षमा नेपालमा आगामी मंसीर ४ गते हुन गइरहेको चुनाव नेपालको भाग्य र भविष्य निर्धारण गर्ने अत्यन्त गम्भीर विषय रहेको उल्लेख छ । इतिहासमै अत्यन्त लोकप्रिय, राष्ट्रवादी तथा जनहितकारी तत्कालीन नेकपाको ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असफल पार्न सुरुदेखि दुष्प्रयत्न गरिएको , अनि केही सीप नलागेपछि न्याय क्षेत्रको सर्वोच्च निकायको चरम दुरुपयोग गरी मतादेशको घोर अवज्ञा गरिएको र परामादेश मार्फत् जन हितमा अथक रुपमा काम र कामको परिणाम समेत देखाइरहेको जनताको स्थिर सकार षडयन्त्रपूर्वक गिराइयो उल्लेख छ ।

संसारको संसदीय अभ्यासमा उपर्युक्त खालको भद्दा तथा कुरुप गतिविधि कहीँ नभएको लज्जाजनक अवस्था देखिएको उल्लेख गर्दै निष्कर्ष पत्रमा ललिता निवासको १२१ रोपनी जग्गाकाण्डका नाइके तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई जेल जानबाट जोगाउन गरिएको अहिले छर्लङ्ग भएको तथ्य उजागर गरिएको छ । अमुक अमुक नेता र व्यक्तिलाई बचाउनका लागि देशलाई नै बन्धक बनाउन सक्ने कृत्य उजागर गर्ने पाँच दलीय गठबन्धनका कर्तुतहरु अरु पनि रहेको निष्कर्षमा उल्लेख छ ।

भारतका विरुद्ध हामी कहिल्यै केही गर्दैनौँ भनी लिखित वाचा गर्ने प्रचण्ड र बाबुरामको अहिले एकैहल बनेको छ । यसको नेतृत्व देउवाले गरिरहेको देखिन्छ । ओली प्रधानमन्त्री हुँदाका बखत प्रदेश सरकारमा ७ मन्त्रालय मात्र कायम रहेकामा गठबन्धनले १४ मन्त्रालय बनाएर र संघीय सरकारमा पनि ६,६ महिना मन्त्री हेरफेर गरेर सबैै मिली पालैपालो ब्रम्हलुट मच्चाएको छ । अझ यसले नेपालको असंलग्न परराष्ट्र राष्ट्रनीति अमेरिकाको पोल्टामा सुम्पिएर नेपाललाई महाशक्तिको सम्भावित युद्ध मैदान बनाएकोछ । गठबन्धनका कारण नेपालको स्वतन्त्र, स्वाधीन र अखण्ड अस्तित्व नरहने होकि भन्ने भय व्याप्त छ ।

बजेट निर्माणमा बिचौलिया व्यक्ति प्रवेश गराई करका दरमा भारी परिवर्तन गरेर पनि लबस्तरो पारामा चुनावी घोषणा पत्रमा देश र जनहितको उडनतस्करी कहानी कथेर गठबन्धनले जनता ठग्न खोजिरहेको देखिन्छ । त्यसैले देशमा उत्पन्न सबै खालको भयावह स्थिति र अवस्था विरुद्ध देश र जनताका हितमा तत्कालका लागि भए पनि एकताबद्ध भई एमाले सित हातेमालो गरेर अघिबढ्न चाहने सबै पार्टी,शक्ति र व्यक्ति तथा व्यक्तित्वसितको चुनावी तालमेल सही रहेको भेलाको ठहर छ । यो तालमेल देशमा अनाचार,व्यभिचार,दुराचार,र ब्रम्हलुट मच्चाउन गरिएको होइन । तालमेलमा आबद्ध पार्टीले आआफ्ना घोषणा पत्रमा नेपालमा भावी दिनमा जुनसुकै तन्त्रको पुनस्थापना गर्ने वाचा गरे पनि तिनले देशलाई नै बन्धक बनाउने र सत्ता,शक्ति र स्वार्थका लागि देशकै अस्तित्वलाई दाउमा राख्ने सोच र क्रियाकलाप गरेका छैनन् । एमालेले गरेको तालमेल गठबन्धनका तमाम देश र जनता विरुद्धका कामका विरुद्ध रहेको छ,एमालेको उद्देश्य देशको स्वतन्त्र,अखण्ड तथा स्वाधीन अस्तित्वमा आघात पु¥याउन सक्ने लेन्डुप प्रवृत्ति विरुद्ध लक्षित रहेको देखिन्छ । भेलामा राम्रो काम गर्ने जो सुकैलाई राम्रो र नराम्रो गर्नेलाई नराम्रो भन्ने संस्कार विकास गर्नु पर्ने विषय पनि उठेको थियो । तसर्थ एमाले पार्टीले आफ्ना नेतृत्वमा तालमेल गरेका सबै उम्मेद्वारहरुलाई जिताएर र बहुमत दिलाएर मात्र नेपाल र नेपालीको अस्तित्व सुरक्षित हुनसक्ने हुँदा यस अनुसार चुनावमा सक्रिय हुन स्वदेश र विदेशका देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक तमाम जनता समक्ष हार्दिक अनुरोध निष्कर्ष पत्रमा उल्लेख भएको डा। पोखरेलले बताउनु भयो ।

त्यसैले यस संवेदनहशील घडीमा प्रवासमा विभिन्न कारणले रहेका नेपालीहरु आआफ्ना अनुकूलता अनुसार निर्वाचनमा भौतिक तथा भावनात्मक रुपमा सरिक हुन भेलाले आग्रह गरेको छ । यसअनुसार अस्ट्रलियाका विभिन्न प्रान्तबाट चुनावी अभियानका लागि नेपाल गएका र जान तयारीमा रहनु भएकामा सरोज निरौला,इटहरी,पीत कुमार श्रेष्ठ,सुन्दर दुलारी,रामबाबु फुएल,नुवाकोट,देव बहादुर केसी,विष्णु केसी,चितवन,डिल्लीराज गौतम, कन्चनपुर,डोलराज भण्डारी चितवन,दीर्घराज भण्डारी धनगढी,श्रीधर लामिछाने,काठमाडौँ, रमेश पौडेल काठमाडौँ, प्रा।डा। बद्रीविशाल पोखरेल,इटहरी,त्यसेैगरी क्यानाडाबाट हेम अधिकारी,दमक, हुनुहुन्छ । उहाँहरु सहित अन्तक्रिया कार्यक्रममा प्रवासका विभिन्न देश र प्रान्तमा रहुनु भएको एकराज भट्टराई,नवराज गौतम,विपिन अधिकारीे, हिमाल घिमिरे, गणेश तिम्सिना, सन्तोष पौडेल मिथिला पोखरेल,गोपाल दाहाल,बाकृष्ण सिग्देल,रीता लंसाल घिमिरे,सीता कटुवाल, गणेश प्रसाद ढकाल,हरि अधिकारी,सीता ढकाल,बालकृष्ण सिग्देल,सरस्वती सिग्देल,तिलप्रसाद गुरागाई, कृष्ण प्रसाद भण्डारी ,अम्विका देवी गौतम भण्डारी हुनुहुन्थ्यो ।