प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी – Himalayan Dainik

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी


प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो ।

अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । उसका लागि हिमांशु शाहीले ६९ र रवीन्द्र शाहीले ४२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारी र चन्द्र पौडेलले तीनरतीन विकेट लिए ।