बाराका एमाले नेता पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादी प्रवेश, बारामा विकासको बहार ल्याउँछु (किसान श्रेष्ठ) – Himalayan Dainik

बाराका एमाले नेता पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादी प्रवेश, बारामा विकासको बहार ल्याउँछु (किसान श्रेष्ठ)


बाराका एमाले नेता पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादी प्रवेश, बारामा विकासको बहार ल्याउँछु (किसान श्रेष्ठ)

बारा – पुर्वमन्त्री एवम् नेकपा ९एकीकृत समाजवादी० का नेता कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफुले नेतृत्व लिने बताउनुभयो ।

बाम लोकतान्त्रिक गठबन्धनबाट बारा(४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरु आफुले अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिंचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना समेत रहेको उहाँले बताउनुभयो । सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गर्नुभएको थियो । गत स्थानीय निर्वाचनमा परवानीपुर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पटेल सो क्षेत्रमा एमालेका प्रभावशाली नेता मानिनुहुन्थ्यो ।