नो नट अगेन अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ – Himalayan Dainik

नो नट अगेन अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ


नो नट अगेन अभियानलाई रोक लगाउने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ

काठमाडौं – निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार रिट दायर भएपछि आजका लागि प्रारम्भीक सुनुवाइको समय तोकिएको हो ।

सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।

रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।